आईपीएल
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
शुक्रबार, ०५ वैशाख २०८२, २० : ४२
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औँ खेलमा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सको सामना गर्दैछ। एम चिन्नास्वामी रंगशालामा खेल सुरु हुन वर्षाका कारण ढिलाइ भएको छ ।
खेल साँझ ७ः४५ बजेदेखि खेलिने तय भएको थियो। हाल पिचलाई कभरले ढाकिएको छ।
बेंगलुरुमा विगत ७ दिनदेखि निरन्तर पानी परिरहेको छ। टस साँझ ७:१५ बजे हुने तालिका थियो । तर यो अझै हुन सकेको छैन ।
१८ औं सिजनमा दुवै टोलीले ६–६ खेल खेलेका छन्, जसमा दुवैले ४–४ खेलमा जित र २–२ खेलमा हार बेहोरेका छन् । अंक तालिकामा बैंगलुरु तेस्रो र पञ्जाब चौथो स्थानमा छ । दिल्ली पहिलो स्थानमा छ भने गुजरात दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
-
मकवानपुरका सीडीओले भनेः चिकित्सकको पर्चाबिना औषधि नबेच्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण