माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
काठमाडौँ । माल्टामा कार्यरत सरुन परियारले अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता हासिल गरेका छन् ।
विगत १६ महिनादेखि माल्टामा क्यासियरको रूपमा कार्यरत मकवानपुर, हेटौडा–२ स्थायी ठेगाना परियारले हालै माल्टामा सम्पन्न Men’s Physique Bodybuilding National Championship मा गोल्ड मेडल जितेका हुन् ।
त्यसैगरी, ओभरअल तर्फ उनले ब्रोन्ज मेडल जितेका छन् भने अन्तर्राष्ट्रिय युरोप स्तरीय प्रतियोगिता IFBB Diamond Cup मा प्रतिस्पर्धा गर्दै सिल्भर मेडल समेत हासिल गरेका छन्। यस महत्वपूर्ण उपलब्धिले परियारको व्यक्तिगत प्रतिष्ठा बढाउनुका साथै उनले माल्टाबाट नेपाललाई विश्वमञ्चमा चिनाउने अवसरसमेत सिर्जना गरेका छन्।
उनको यस अद्वितीय सफलतामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाले विशेष बधाई तथा सम्मान व्यक्त गरेको छ।
एनआरएनए माल्टाका अध्यक्ष रेम्स खनालले भने, “सरुन परियारको यस ऐतिहासिक उपलब्धिले सम्पूर्ण नेपाली समुदायको शिर गर्वले उचो बनाएको छ। उहाँजस्तो प्रेरणादायी व्यक्तित्वले नेपाली युवाहरूका लागि नयाँ आशा र सम्भावनाको ढोका खोलिदिएको छ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश आत्मदाह प्रकरणमा बाबुराम भन्छन्– ज्वालामुखीलाई स्याउलाले छोपेर टार्न खोज्ने लज्जास्पद चरित्र उजागर
-
गणेशको आत्मदाहले दबाबमा बालेन सरकार, सत्ता पक्षकै नेताले पोखे असन्तुष्टि
-
४४.५१ प्रतिशतमा खुम्चियो चालु वर्षको ‘विकास खर्च’
-
लामिन यामालकी प्रेमिकाको अनौठो आग्रह : तातियो सामाजिक सञ्जाल
-
बसलाई निलो पोतेर सुरक्षा महसुस हुँदैन, गणेश नेपालीको लास हेरेर जवाफ दिनुस् : सांसद थपलिया
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण