कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
शुक्रबार, ०५ वैशाख २०८२, २२ : ४४
काँक्रेविहार । मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृति गरिएको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रिपरिषद्को बैठकले उक्त कार्यविधि स्वीकृत गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।
कार्यविधिअनुसार अब कृषि उद्योग, पर्यटनलाई प्राथमिकता दिएर योजना बन्ने शाहले जानकारी दिए । त्यसैगरी सङ्गठन संरचना अध्ययन गर्नका लागि उच्चस्तरीय समिति गठन गरिएको छ । लक्ष्मण अर्यालको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । उक्त समितिले असार १५ गतेभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने जनाइएको छ ।
सामाजिक विकास मन्त्रालयको रिक्त सचिवमा अर्जुन गौतमलाई कामकाजका लागि खटाउने निर्णय गरिएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको प्रादेशिक सडक सञ्जाल गुरुयोजना पास गरिएको समेत प्रवक्ता शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण