काठमाडौँ । काठमाडाैँको मुलपानी क्षेत्रमा वर्षा हुँदा नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित भएको छ । वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ हुने भएको छ ।
अर्को वर्ष आयोजना हुने आईसीसी यू–१९ पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा स्थान पक्का गर्ने लक्ष्यसहित दुई बलिया टोली नेपाल र अफगानिस्तान आज आपसमा भिड्दै छन् । तल्लो मुलपानी मैदानमा बिहान ९ः३० बजे सुरु हुने कार्यतालिका रहे पनि वर्षाका कारण सुरु हुन नसकेको हो ।
यो खेलमा विजयी हुने टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा स्थान पक्का गर्नेछ । जारी छनोट प्रतियोगितामा सहभागी अन्य तीन टोली संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र हङ्कङ चाइना भने यसअघि नै बाहिरिइसकेका छन् ।
जारी छनोट प्रतियोगितामा नेपाल र अफगानिस्तान दुवै टोलीले आफ्ना सबै खेल जितेका छन् । तीन खेलबाट ६ अंक बटुलेको अफगानिस्तान तालिकाको पहिलो स्थानमा आसिन छ । समान तीन खेलबाट ६ अंक नै बटुलेको नेपाल तालिकाको दोस्रो स्थानमा छ ।
_4fOMI96Azv.jpg)
_UlctmZnpH7.jpg)
_O9xH9oS2FT.jpg)
_J3M9TgOdjC.jpg)
_8WzB9ghV8W.jpg)
_JegkZ2d2Rl.jpg)
_B2oO7OpgOP.jpg)
_cEHQAN5QiX.jpg)
_dfg65g6a3G.jpg)
_2LlVeZQ9Ka.jpg)
_owzc1FiVbT.jpg)
_uf0QECmFUI.jpg)
_53p5vz6SHB.jpg)
_Pa4cVZXWVU.jpg)
_qYQ90xOTMr.jpg)
_96QZXElwL9.jpg)
प्रतिक्रिया