एमालेले दियो भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई २५ बुँदे सुझाव
काठमाडौँ । नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ बुँदे सुझाव दिएको छ ।
शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिइएको बताए । एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरू समेटेर लिखित सुझाव दिएको हो ।
योजना तथा कार्यक्रमहरूलाई नागरिक सम्म प्रभावकारी रूपमा पुर्याउन सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयहरू प्राथमिकताका साथ समेटेर सुझाव दिइएको विष्टले बताए। राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्वका आयोजनाहरू, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरू योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ ।
कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका मन्त्री दाहालले पार्टीले अल्पकालीन तथा दीर्घकालीन आवश्यकताहरूलाई संशोधन हुने गरि महत्त्वपूर्ण सुझाव दिएको बताए। आगामी वर्षको बजेटमा निर्माणाधीन तथा अधुरा योजनाहरू पूरा गराउन प्राथमिकता दिइने उनले उल्लेख गरे ।
सडक सञ्जाल नपुगेका ठाउँमा सडक सञ्जाल पुर्याउने, आफ्नै देशको एक भागबाट अर्को भागमा पुग्न अरू देशको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउने, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सहयोग पुग्ने, राजश्व संकलन तथा वैदेशिक व्यापारलाई सहज गराउने लगायतका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उनको भनाई थियो ।
समुद्रमा नेपाली पानी जहाजको पहुँच स्थापित गर्न अन्तर्राष्ट्रिय सन्धि तथा कानुनहरूको अध्ययन भई रहेको, सार्वजनिक यातायातलाई व्यवस्थित पार्न प्रविधियुक्त बनाउने काम भई रहेको, रुग्ण आयोजनाहरूको पहिचान गरि समस्या समाधान तथा रेल मार्ग विस्तार र निर्माणमा देखिएका समस्या निराकरण तर्फ मन्त्रालयले ध्यान दिएको मन्त्री दाहालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
-
तीन सांसदको गठबन्धनलाई तोड्दै पर्सामा रास्वपा संस्थापन पक्षका सांसद पन्तको प्यानल विजयी
-
रास्वपा नवलपुरको सभापतिमा भण्डारी
-
बागमती प्रदेशमा ७०१ दरबन्दी कटौती गर्ने तयारी
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण