बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण
काठमाडौँ । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले आगामी तीन वर्षे कार्यकालको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरेको छ ।
एसोसिएसनको वार्षिक साधारण सभा (२०८०/०८१) तथा पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले शनिबार शपथ ग्रहणसहित आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
एसोसिएसनका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका हुन् । त्यस लगत्तै निवर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यले नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए ।
त्यसअघि वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले उद्घाटन गरेको वार्षिक साधारणसभाबाट आर्थिक प्रतिवेदन तथा कार्यसमितिको प्रतिवेदन पारित भएको थियो ।
_usLx1wcxFR.jpg)
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै निवर्तनमा अध्यक्ष गोपालकृष्ण घिमिरेले आफ्नो ३ वर्षे कार्यकालमा कानुन व्यवसायीको शिर निहुरिने गरी कुनै पनि काम नगरेको बताए । उनले आफूविरुद्ध विचाराधीन ‘मानहानि मुद्दा’ व्यक्तिगत नभएकाले पनि प्रस्ट पारे । बार एसोसिएसनको अध्यक्षका रूपमा आफूले जिम्मेवारी निर्वाह गर्ने क्रममा मुद्दा झेल्नु परेको भन्दै उनले अभिव्यक्ति स्वतन्त्रतालाई ताला लगाउने हक कसैमाथि नभएको बताए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्राडा विजयप्रसाद मिश्रले बार एसोसिएसनको आगामी कार्यभारबारे वरिष्ठ अधिवक्ताहरूको सम्मेलन बोलाएर सुझाव लिनेसम्बन्धमा योजना बनाएको चर्चा गरे । उनले बारमा राजनीतिक प्रभाव बढेको सम्बन्धमा चर्चा हुने गरेको भन्दै कानुन व्यवसायीले राजनीतिक दलको सदस्यता नै लिनु हुँदैन भन्नेबारे कसैले प्रस्ताव ल्याउँछ भने आपत्ति नहुने बताए । अन्यथा विभिन्न विचारधारा भएका समूहबिच हिजोका दिनमा पनि गठबन्धन भएको र अहिले पनि भएकाले आपत्तिको विषय बन्न नहुने उनको भनाइ थियो ।
त्यसअघि अध्यक्ष पदमा पराजित भएका पूर्व महासचिव रमण श्रेष्ठले वकिलको चुनावमा न्यायाधीशले उम्मेदवार तोक्ने र भोट माग्ने गरेको भन्दै आपत्ति जनाएका थिए ।
_mG3PAEm7gb.jpg)
कार्यक्रममा एसोसिएसनका पूर्वअध्यक्षहरू हरिहर दाहाल, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, विश्वकान्त मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल बार एसोसिएसन र न्यायपालिकाका क्षेत्रमा कलम चलाएको भन्दै बार एसोसिएसनले रातोपाटीकर्मी सुदर्शन आचार्य र कान्तिपुर टेलिभिजनका नायब सम्पादक किरण पौडेललाई सम्मान गरिएको छ ।

यस्तै, एसोसिएसनका कार्यालय सहायक विन्दु खड्का, सवारी चालक रामकुमार ठकुरीलाई उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै कार्यक्रममा सम्मान गरिएको छ ।
---copy_o4Gf4lFkdR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण