आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय
एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू
एनएसएल

एनएसएलमा ‘लाखे’ को फाइनलसम्मको यात्रा, तस्बिरहरू

शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । साबिक विजेता ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ गोलले हराउँदै टोलीले फाइनलमा स्थान बनाउन सफल भएको हो ।

nsl (1)

निकै प्रतिस्पर्धात्मक बनेको दुई टोलीबिचको खेल पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको सुरुवातमा नै ‘द लाखेज्’ उपनामले चिनिने ललितपुरका लागि केरभेन्स पिलस् बेल्फोटले पहिलो गोल गरे । ५६ औँ मिनेटमा उनले डेडलक तोडेका थिए ।

nsl (2)

तर, ललितपुरको अग्रता लामो समय भने टिक्न सकेन । जर्ज प्रिन्स कार्कीले ६१ औँ मिनेटमा धनगढीका लागि बराबरी गोल फर्काए । 

nsl (3)

७९ औँ मिनेटमा पाप इबोउ केबेले निर्णायक गोल गर्दै ललितपुरलाई जित दिलाए । अब धनगढीले फाइनलमा स्थान बनाउन दोस्रो क्वालिफायरमा पुनः मौका पाउनेछ ।

nsl (4)nsl (5)nsl (6)nsl (7)nsl (8)nsl (9)nsl (10)nsl (11)nsl (12)nsl (13)nsl (14)nsl (15)nsl (16)nsl (17)nsl (18)nsl (19)nsl (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया