बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी
आइतबार, ०७ वैशाख २०८२, ०९ : ०३
बुटवल । बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्बर ११ मा रहेको एक फेन्सी पसलमा आज बिहान आगोलागी भएको छ। बिहान साँढे ७ बजेतिर मेघराज लम्सालको दुई तले घरमा रहेको शुभलक्ष्मी फेन्सी पसलमा आगोलागी भएको हो ।
आगोलागीकाे कारण अझै खुलेको छैन। तर विद्युत् सर्ट भएर आगोलागी भएको अनुमान प्रहरीले गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी निरीक्षक हरि भट्टराईले दुईवटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको रातोपाटीलाई बताए।
उनले बाहिरबाट हेर्दा करिब १५ लाख क्षति भएको अनुमान गर्न सकिने तर भित्र सामानको अवस्था हेरेपछि मात्र क्षतिको विवरण खुल्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण