चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
काठमाडौँ । चीनको विकास र चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सी जिनपिङका ८ नियममाथि नेपालमा पनि चर्चा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक विभागले सन २०१२ मा स्वीकृत गरेका ८ वट नियम र त्यसैको आधारमा खडा भएको आधुनिक चीनबारे नेपालमा पनि चर्चा भएको हो ।
फ्रेण्ड्सन अन क्लाउड नामक संस्थाले काठमाडौँमा गरेको कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, संस्थाका अध्यक्ष शोभित उप्रेती, हालै चीन भ्रमणबाट फर्केका पत्रकार रोहन श्रेष्ठ, चलचित्र नायक कृष्ण मल्ल लगायतले राष्ट्रपति सीका ८ नियम र आफ्नो अनुभवबारे धारणा राखेका थिए ।
राष्ट्रपति सीका ८ नियममा अनुसन्धान पद्धतिको सुधार र तथ्य, मितव्ययी, आर्थिक अनुशासन, द्विपक्षीय, त्रिपक्षीय भ्रमण, समाचार रिपोर्ट, अनावश्यक बहस र प्रचार, इमानदारिता,अनुशासन लगायतका विषय समेटिएका छन् ।
कार्यक्रममा पूर्व सचिव सिटौला र संस्थाका अध्यक्ष उप्रेतीले चीनको विकास र कार्यशैलीबाट नेपालले पनि धेरै कुरा सिकेर विकास गर्नसक्ने धारणा राखेका थिए । नायक मल्ल र पत्रकार श्रेष्ठले चीनले ग्रामीण क्षेत्रमा गरेको विकास, समाजवादको उपयुक्त प्रयोग, चिनियाँ प्रविधि लगायत आफूले अनुभव गरेको विषयबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण