माइतीघर–नयाँबानेश्वर सडक खण्ड प्रयोग गर्ने सवारी चालक वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीको बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्ने भएपछि ट्राफिक प्रहरीले माइतीघर–नयाँबानेश्वर–तीनकुने सडक खण्ड प्रयोग गर्ने सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ । साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ ।
यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ । राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ ।
डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन् ।
यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यका स्थित कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र कुपण्डोल हुँदै चल्ने सवारी साधन यतिबेला ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ । बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली
-
रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
नव विवाहिता मृत्यु प्रकरणः माइती पक्षले लगायो हत्याको आरोप
-
बहराइनलाई हराउँदै तालिकाको पहिलो स्थानमा उक्लियो नेपाल