बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

शिक्षक महासंघ र शिक्षा समिति सभापतिबिच छलफल

आइतबार, ०७ वैशाख २०८२, १७ : ३१
आइतबार, ०७ वैशाख २०८२

काठमाडौँ । काठमाडौँमा १९ दिनदेखि आन्दोलनरत शिक्षकहरूले संसद्को शिक्षा समिति सभापतिसँग छलफल गरेका छन् ।

विद्यालय शिक्षा विधेयकमाथिको छलफलले तिब्रता पाइरहेको बेला नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितका प्रतिनिधिहरूले सभापति अम्मरबहादुर थापासँग छलफल गरेका हुन् । 

छलफलका क्रममा महासंघका प्रतिनिधिहरूले विधेयकमा समेट्नुपर्ने थप विषयहरूबारे जानकारी गराएका थिए ।

विधेयकमा छुटेका आफ्ना मागहरू लिखित रूपमा दिने बताएका थिए । छुटेका माग तथा मुद्धाहरू लिखित रूपमा पेश गर्ने महासंघ महासचिव तुला बहादुर थापाले जानकारी दिए । 

आइतबारको छलफलको क्रममा महासंघका प्रतिनिधिहरूले विधेयक निर्माणको प्रगति लगायतका विषयमा जिज्ञाशा राखेका थिए । 

जवाफमा सभापति थापाले बैशाख १२ गतेका संसद्को अधिवेशनमा पेश गर्नेगरी काम भइरहेको बताएका थिए । 

उक्त विधेयकमा शिक्षक तथा कर्मचारीका छुटेका विषयहरू समेत थप गर्नुपर्ने अनुरोध गरेका थिए । सभापति थापाले लिखित रूपमा पेश गर्न र विधेयकमा समेट्ने बताएका थिए । 

महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै आएका छन् । ऐन जारी नहुँदासम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप