किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सोमबार, ०८ वैशाख २०८२, १३ : ०३
रुपन्देही । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका-३ खजहना बस्ने ५० वर्षीय दीपक कुमार क्षेत्रीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
दीपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण