सुरेन्द्र यादव पक्राउपछि विरोधमा उत्रिए निलम्बित उपाध्यक्ष, १० बुँदे धारणा सार्वजनिक
सोमबार, ०८ वैशाख २०८२, १४ : १५
_pJvQqApYHw.jpg)
काठमाडौँ । जनमत पार्टीका निलम्बित उपाध्यक्ष ई. दीपक कुमार साहले कोषाध्यक्ष ई. सुरेन्द्र नारायण यादवको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले यादवको समर्पण र योगदान पार्टीमा उच्च भएपनि यो गिरफ्तारी योजनाबद्ध षड्यन्त्र भएको एक प्रेस विज्ञप्तिमार्फत दाबी गरेका छन्।
साहले पार्टी अध्यक्ष डा. सीके राउतमाथि आर्थिक अनियमितता, शक्ति दुरुपयोग, पारदर्शिताको अभाव, समानुपातिक सूचिमा आर्थिक लेनदेन लगायत १० वटा बुँदामा ठूला गम्भीर आरोप लगाएका छन्।
उनले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै पार्टीमा पारदर्शिता र आन्तरिक लोकतन्त्रको प्रत्याभूति आवश्यक रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारमा लुकाएको ४० केजी गाँजासहित महोत्तरीबाट युवक पक्राउ
-
ओलीको कब्जा गर्ने निर्देशनबारे प्रचण्डको प्रतिक्रिया- देश दुनियाँमा बेइज्जत भयो एमालेको
-
भोलिदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने यातायात व्यवसायीको घोषणा
-
एक सातासम्म मनसुन निष्क्रिय बन्दै
-
जलवायु सङ्कट समाधानका उपायहरू तत्काल कार्यान्वयन गर्नुपर्छ : मन्त्री ठकुरी
-
कमल थापासहित ६ जनालाई भद्रकालीमा राखियो