उपकुलपतिलाई प्राध्यापक संघको ७२ घण्टे अल्टिमेटम
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको कार्यकारी परिषद् सदस्य नियुक्त गर्न गरिएको सिफारिस विवादमा परेको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा धुव्रकुमार गौतमले एकलौटी तरिकाले सिफारिस गरेको आरोप लागेसँगै विवाद सतहमा आएको हो ।
कार्यकारी परिषद्ले गत चैत २२ गते विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नारायणनाथ योगीलाई कार्यकारी परिषद् सदस्य नियुक्त गर्न सिफारिस गरेको थियो । योगी एमाले निकट शिक्षक हुन् । उपकुलपति अध्यक्ष रहने कार्यकारी परिषद्मा डीनमध्येबाट लिलाधर तिवारी सदस्य छन् । शिक्षकमध्येबाट योगी नियुक्त भएमा ४ सदस्यीय कार्यकारी परिषदमा ३ जना एमाले निकट हुने छन् ।
परिषदमा रजिस्ट्रार प्रा. डा. शोभाखर कडेलमात्र कांग्रेस निकट हुन् । विश्वविद्यालय ऐनअनुसार कार्यकारी परिषद् शक्तिशाली निकाय हो । यही निकायका उपकुलपतिले एकलौटी गर्न खोजेपछि सिफारिस नै विवादमा परेको हो ।
विश्वविद्यालयको प्रजातन्त्रवादी प्राध्यापक संघले उपकुलपति गौतमलाई ज्ञापनपत्र बुझाउँदै ७२ घण्टे अल्टिमेटम दिएको छ । संघले एकलौटी ढंगले कार्यकारी सदस्य नियुक्तिका लागि भएको सिफारिस बदर गर्न माग गरेको छ । सिफारिस ७२ घण्टाभित्र बदर नगरिएको खण्डमा आन्दोलनमा उत्रिने चेतावनी संघले दिएको छ ।
प्राध्यापक संघले लामो समयदेखि आंशिक र करारमा रहेका शिक्षकको हकहितका लागि आवाज उठाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
-
ढुक्क रहनुहोस्, मति सुध्रने छ, गति बढ्ने छ : योगेश भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण