‘जार’ नेपाली समाजले भोगेको कथा हो : निर्देशक लामा
काठमाडाैँ । ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउने फिल्म हो । फिल्म इन्द्रबहादुर राईको कथा ‘जार’मा आधारित भएर निर्माण भएको हो । फिल्म फूर्वा छिरिङ लामाले निर्देशन गरेका हुन् ।
‘जार’को कथा जति सशक्त छ । फिल्म त्यस्तो बनेको छ कि छैन भन्ने प्रश्नहरू सामाजिक सञ्जालमा उठिरहेका छन् । निर्देशक लामाले कथाको सशक्ततालाई कायम राखेर फिल्म बनाएको बताउँछन् । उनी ‘जार’ले नेपाली फिल्मलाई उचाइ दिने नयाँ उचाइ दिने धारणा राख्छन् ।
‘विषयका हिसाबले अब्बल र नेपाली समाजले भोगेको कथा हो जार’, निर्देशक लामाले रातोपाटीसँग भने ‘म समाजको कथा भन्न रुचाउँछु । त्यसैले पनि यो कथा छानेको हो ।’ फिल्मको प्राविधिक पक्ष पनि बलियो रहेको उनले दाबी गरे । फिल्मको पोस्ट प्रोडक्सन भारतमा गरिएको हो ।
‘इन्द्रबहादुर राईको कथामा सिनेम्याटिक लिबर्टी लिएर काम गरेका छौँ । त्यसैले कथा जति राम्रो छ, त्यो भन्दा फिल्म भिजोअल ल्याङ्ग्वेजमा थप बलियो बनेको छ’, लामाले थपे ‘यो नेपाली समाजको दस्ताबेज पनि हो ।’
‘जार’को कथा साहित्यकार राईले सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर लेखेका थिए ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको अभिनय छ । अभिनेत्री गीताञ्जली थापा ‘लायर्स डाइस’बाट भारतीय राष्ट्रिय सिनेमा पुरस्कार विजेता अभिनेत्री हुन् ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा हुन् ।
फिल्म नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा हुने बताइन्छ । फिल्म नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दै छ भने अन्तर्राष्ट्रिय वितरकमा सेभेन सिज सिनेमा रहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण