कोशीमा ई–ड्राइभिङ लाइसेन्स अनलाइन भुक्तानी प्रणाली सुरु
विराटनगर। कोशी यातायात सुधार कार्यक्रमअन्तर्गत विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणालीमा अनलाइन भुक्तानी प्रक्रिया सुरु भएको छ। इटहरीस्थित यातायात व्यवस्था सेवा कार्यालय, सुनसरीबाट सोमबार यो प्रणालीको औपचारिक सुरुवात गरिएको हो।
सेवाको उद्घाटन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले गरे । यस प्रणालीमार्फत सेवाग्राहीले ड्राइभिङ लाइसेन्सको शुल्क अब लाइनमा बस्न नपरी, आफ्नै मोबाइल वा कम्प्युटरबाट सजिलै घरमै बसी अनलाइनमार्फत तिर्न सक्नेछन्। कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यातायात शाखा प्रमुख नारायण भण्डारीले लाइसेन्सको आवदेन दिँदा, नविकरण गर्दा र लाइसेन्ससम्बन्धि कुनै पनि शुल्क तिर्दा लाइन बस्नु पर्ने झन्झट हटेको बताए ।
नविकरण गर्दा मन्त्रालयमा सूचीकृत भएका चिकित्सकसँग जाँच गराएपछि चिकित्सकले सोही साँझ अनलाइन अपडेट गर्ने र भोलिपल्ट भुक्तानी गरेर अनलाइनबाटै बिल लिन सकिने छ । आगामी साउनबाट भने प्रदेशमै लाइसेन्स छपाइ सुरु भएपछि लाइसेन्स लिनमात्रै कार्यालय पुग्नुपर्नेछ ।
प्रमुख भण्डारीका अनुसार प्रदेशका सबै यातायात कार्यालयहरुमा यो सेवा सुरु भएको छ । विराटनगरमा भने केही प्राविधिक समस्या देखिएको कारण मंगलबारदेखि अनलाइन भुक्तानी प्रकृया सुरु हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
-
पूर्वमन्त्री पौडेललाई पुल्चोक प्रहरीको हिरासतमा राखियो (अपडेट)
-
रोनाल्डोको कीर्तिमानी गोलसँगै पहिलो हाफमा पोर्चुगलको फराकिलो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण