‘सगरमाथा संवाद’ पूर्व कार्यक्रमको टोली थामेमा
सोलुखुम्बु । सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन ‘समिटर्स समिट’ मा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको छ।
‘साथसाथै’ संस्थाकी अध्यक्ष प्रजिता कार्कीका अनुसार आज प्रस्थान गरेको टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त आरोही, जलवायु र पर्यटन विज्ञहरू तथा विभिन्न तहका सरकारी प्रतिनिधिहरू सहभागी छन्।
नेपाल सरकारका मन्त्रीसहितको अर्को टोली भने मंगलबार हेलिकप्टरमार्फत थामे पुग्ने कार्यक्रम रहेको छ। सम्मेलनमा सगरमाथा आरोहण गरेकी कतारकी राजकुमारी आस्मा अल थानी, ३१ औँ पटक सगरमाथा आरोहण गरेका विश्व कीर्तिमानी कामीरिता शेर्पा, मिङ्मा डेभिड शेर्पा, कान्छो सगरमाथा आरोही तेम्वाछिरी शेर्पा, माया गुरुङलगायतका प्रतिष्ठित आरोहीहरूको उपस्थिति रहने बताइएको छ। सम्मेलनमा स्थानीयवासी र गत वर्ष थामे क्षेत्रमा हिम पहिरोका कारण प्रभावित भएका पीडितहरू समेत सहभागी हुने आयोजक पक्षले जनाएको छ।
उक्त सम्मेलनमा जलवायु परिवर्तन, पर्यटन र हिमाली जीवनशैलीका विविध पक्षमा समूहगत छलफल हुनेछ। साथसाथै संस्थाले नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश सरकार, खुम्बु पासाङ ल्हामु गाउँपालिकासँगको सहकार्यमा यो कार्यक्रम गर्न लागेको जनाएको छ । सहआयोजक संस्थाहरूमा नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, टेवा, नेप्लिज युथ फर क्लाइमेट एक्सन लगायत छन्।
नेपाल सरकारले वैशाख ९ गते थामेमा आयोजना गर्न लागेको ‘समिटर्स समिट’लाई सगरमाथा संवादअन्तर्गतको महत्वपूर्ण पहलको रूपमा लिएको छ। ‘हिमाल, जलवायु परिवर्तन र मानवताको भविष्य’ भन्ने मुख्य नारासहित सगरमाथा संवादमा विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ।
कार्यक्रमका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ एसिया प्रशान्तका कार्यकारी सदस्य बद्री सिग्देलसहितको टोली खुम्बु पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण