भुवन गिरीले सफाइ पाएपछि विरोध प्रदर्शनमा उत्रिइन् आरती, प्रहरीले नियन्त्रणमा लिएर छाड्यो
मङ्गलबार, ०९ वैशाख २०८२, १७ : १८

काठमाडौँ । न्यायाधीश भुवन गिरीलाई सफाइ दिएको भन्दै उनकी पूर्वपत्नी आरती रावल प्रदर्शनमा उत्रिएकी छन् । मंगलबार दिउँसो उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलास अगाडि अझर्धनग्न प्रदर्शनमा उत्रिएकी हुन् ।
वैवाहिक बलात्कारको मुद्दामा केही दिनअघि गिरीलाई उच्च अदालत पाटनका न्यायाधीशद्वय लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले सफाइ दिएको थियो । त्यसलगत्तै उनी रिहा भएका थिए ।
तर, श्रीमती आरती अदालतको फैसलालाई चुनौती दिँदै बुटवलमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी इन्द्रबहादुर रानाले केही बेर नियन्त्रणमा राखेर उनलाई आफन्तको जिम्मा लगाइसकिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता