केयूमा पहिलोपटक खेलकुद महोत्सव, देशैभरका क्याम्पसबाट पाँच हजार विद्यार्थी सहभागी
धुलिखेल । काठमाडौँ विश्वविद्यालय (केयू) को केन्द्रीय परिसर धुलिखेलमा पहिलोपटक “केयू रनिङ शिल्ड २०८२” आयोजना भइरहेको छ ।
वैशाख ५ गतेदेखि सञ्चालनमा आएको प्रतियोगिता वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ, जसमा विश्वविद्यालयको सात कलेज र २१ सम्बन्धन प्राप्त कलेजहरूबाट ५ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् ।
रनिङ शिल्ड अन्तर्गत फुटबल, भलिबल, बास्केटबल, दौड, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी, शतरञ्ज, तेक्वान्दो, लङ जम्प, हाइजम्प, डार्ट्स, टग अफ वार, आर्म रेस्लिङ लगायत २० भन्दा बढी खेल विधामा प्रतिस्पर्धा भइरहेको छ ।
खेलमा सहभागी काठमाडौँ विश्वविद्यालय स्कुल अफ ल को विद्यार्थी कल्याण परिषद् सचिव आयुष बडाल विश्वविद्यालय स्तरमै यति व्यापक रूपमा आयोजना गरिएको खेलकुद महोत्सवले विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, सहकार्य र समावेशिताको अभ्यास गर्ने अवसर प्रदान गर्ने कुरामा विश्वास राख्छन् । उनी भन्छन्-'केयू रनिङ शिल्ड २०८२ काठमाडौँ विश्वविद्यालयको इतिहासमै एक विशेष र ऐतिहासिक कार्यक्रम हो। विश्वविद्यालय स्तरमै यति व्यापक रूपमा आयोजना गरिएको खेलकुद महोत्सवले विद्यार्थीहरूमा नेतृत्व, अनुशासन, सहकार्य र समावेशिताको अभ्यास गर्ने अवसर प्रदान गरेको छ। केयू रनिङ शिल्ड २०८२ मा काठमाडौँ विश्वविद्यालय स्कूल अफ लका विद्यार्थीहरूले उल्लेखनीय उपस्थिति जनाएका छन्। हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेका छौँ। हामी यस्ता आयोजनाले शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकासमा टेवा पुर्याउनेछ भन्ने विश्वास गर्दछौँ ।'
रनिङ शिल्डको समापन समारोह वैशाख १२ गते आयोजना गरिनेछ, जसमा विभिन्न खेल विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिनुका साथै समग्र उत्कृष्ट प्रदर्शन गर्ने क्याम्पसलाई “केयू रनिङ शिल्ड ट्रफी २०८२” प्रदान गरिनेछ ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण