सोमबार, ०२ असार २०८२
ताजा लोकप्रिय
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा  (तस्बिरहरू)
फोटोफिचर

रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा  (तस्बिरहरू)

बुधबार, १० वैशाख २०८२

काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा पुगेको छ । मंगलवारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ । 

ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मुर्तीमा रंग लगाइरहेका छन् । रंगरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ । पाटनमा नेकु एक मात्र मच्छिन्द्रनाथलाई रोगन गर्ने परिवार हुन् ।

रोगनका लागि सिम्रिक, हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाँजल) र म्हैपी अजिमाबाट ल्याएको माटो प्रयोग गरिन्छ । रंग लगाउनु अघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । 

मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ ।

machandra (2)machandra (3)machandra (4)machandra (5)machandra (6)machandra (7)machandra (8)machandra (9)machandra (10)machandra (11)machandra (12)machandra (13)machandra (14)machandra (15)machandra (16)machandra (17)machandra (18)machandra (19)machandra (20)machandra (21)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया