काठमाडौँ । रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा पुगेको छ । मंगलवारदेखि सुरु भएको रंग लगाउने काम बिहीबार सकिनेछ ।
ललितपुरका गम्भीर नेकु र अमिर नेकुले मुर्तीमा रंग लगाइरहेका छन् । रंगरोगनको लागि औसतमा तीनदेखि चार दिनसम्म लाग्ने गर्छ । पाटनमा नेकु एक मात्र मच्छिन्द्रनाथलाई रोगन गर्ने परिवार हुन् ।
रोगनका लागि सिम्रिक, हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाँजल) र म्हैपी अजिमाबाट ल्याएको माटो प्रयोग गरिन्छ । रंग लगाउनु अघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ ।
मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रंगको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राखिन्छ ।
_YUEI2ZXDpt.jpg)
_v0jcnrCcvT.jpg)
_3K6UQPTSAw.jpg)
_Fb1B3x8gZH.jpg)
_S5vCq3FzB3.jpg)
_PSFbRvH9ED.jpg)
_k8lZLXtHI3.jpg)
_6IUpsNEe6z.jpg)
_njYJEZf01d.jpg)
_xOJJ1TkOlf.jpg)
_Z6XHJEXakN.jpg)
_MtwpIKEC2e.jpg)
_R6TodIPPWI.jpg)
_VSvkcvJMmt.jpg)
_MIdlbzfCbq.jpg)
_zqEzgKC28W.jpg)
_movVorI9CJ.jpg)
_sACYU8DUUg.jpg)
_wzV4sLZkvL.jpg)
_pkH7xiQVxE.jpg)
प्रतिक्रिया