प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चर्चित ब्राजिलियन फुटबलर रोबर्टो कार्लोसले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीसँग कार्लोसले भेट गरेका हुन् ।
कार्लोस मंगलबार विहान नेपाल आइपुगेका हुन् । हाल काठमाडौँमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विशेष अतिथिका रुपमा सहभागी हुन उनी नेपाल आएका हुन् । एनएसएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले कार्लोसलाई नेपाल ल्याएको हो ।

कार्लोसले एनएसएल अन्तर्गत बुधबार दशरथ रंगशालामा हुने धनगढी एफसी र पोखरा थान्डर्सबिचको दोस्रो क्वालिफायर खेल हेर्नेछन् । कार्लोस शुक्रबार नै नेपाल आउने कार्यक्रम थियो । तर, स्वास्थ्य समस्याका कारण उनी त्यो समयमा नेपाल आउन सकेका थिएनन् ।
आफ्नो समयका प्रभावशाली लेफ्ट–ब्याक कार्लोस ब्राजिललाई विश्वकपको उपाधि चुमाउने गौरवशाली टोलीका खेलाडी पनि हुन् । ५२ वर्षीय कार्लोसले सन् १९९२ देखि सन् २००६ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए । कार्लोसलाई विश्व फुटबलकै सर्वकालीन महान रक्षकमध्ये एक मानिन्छ । ब्राजिलले सन् २००२ को फिफा विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण खेलाडी थिए । कार्लोसले लामो समय स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यवसायीक फुटबल खेलेका थिए ।

उनी सन् १९९६ देखि सन् २००७ सम्म रियल म्याड्रिडमा थिए । यसका अतिरिक्त कार्लोसले इटालियन क्लब इन्टर मिलानबाट पनि व्यसायिक फुटबल खेलेका थिए ।
आफ्नो व्यवसायीक खेलजीवनको अन्त्यतिर उनले भारतीय क्लब दिल्ली डाइनामोजबाट पनि केही खेल खेलेका थिए । व्यववायीक खेलजीवनबाट विदा लिएपछि उनी प्रशिक्षण कार्यमा सक्रिय भएका थिए । उनले विभिन्न क्लबसँगै दिल्ली डाइनामोजमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण