शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओवादी र प्रचण्डका विरुद्ध केही अराजक शक्ति लागेका छन् : अध्यक्ष शेर्पाली

बुधबार, १० वैशाख २०८२, १४ : ०१
बुधबार, १० वैशाख २०८२

काठमाडौँ । योङ्ग कम्युनिस्ट लिग (वाइसिएल)का अध्यक्ष सुबोध शेर्पालीले पुरातनपन्थी पार्टी राप्रपा र केही अराजक शक्ति माओवादी र अध्यक्ष प्रचण्डको विरुद्ध लागेको बताएका छन् । संगठनको तेस्रो राष्ट्रिय सम्मेलनको तयारीबारे बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी गणतन्त्र र संघीयताविरुद्ध लाग्नेहरूलाई ठेगान लगाएर छोड्ने बताएका हुन् । 

‘पुरातन पन्थी पार्टी र केही अराजक शक्तिहरूले गणतन्त्र र सङ्घीयताका विरुद्ध लागेका छन् । एमाले र कांग्रेसलाई डोर्‍याएर अग्रगमनको पक्षमा ल्याउने माओवादी र अध्यक्ष प्रचण्डका विरुद्ध लागेका छन् । अग्रगमनका विरुद्ध लाग्नेलाई ठेगान लगाउने तागत वाइसिएलसँग छ’, उनले भने । 

शेर्पालीले अब बन्ने सङ्गठनले पहिलाको जस्तै जुझारु नेतृत्व निर्माण गर्नुपर्ने आवश्यक रहेको बताए ।  तेस्रो राष्ट्रिय सम्मेलनले जेठ १७ र १८ गते काठमाडौँमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप