हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : प्रचण्ड
सारांश
- प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा रहेको बताए ।
- उनले राजनीतिक स्थायीत्व, भ्रष्टाचार अन्त्य र आर्थिक समृद्धिका लागि माओवादीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
- प्रचण्डले आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी बन्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने धारणा राखे ।
कास्की । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा आफुहरु रहेको बताएका छन् । पुष्पलाल लोकमार्ग जनजागरण अभियानअन्तर्गत शनिबार कास्कीमा आयोजित जनसम्वाद कार्यक्रममा प्रचण्डले हुलाकी मार्ग र पुष्पलाल लोकमार्गमा माओवादीले चलाएको अभियान कार्यनीतिक कुरामात्रै नभएर समाजवादी क्रान्तिको आधार तयार पार्नका लागि चालिएको भिजन भएको बताए ।
उनले नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे । प्रचण्डले अहिले मुलुक माओवादीमय हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दावी गरे । माओवादी पहिलो पार्टी भए समाजवादको आधार निर्माण हुने उनको भनाइ छ ।
प्रचण्डले माओवादीले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था हुनुपर्छ भन्ने आएकाले अब जनताको सहमतिमा संविधान संशोधन गरी उक्त व्यवस्था ल्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण