समाचार
यार्सा सङ्कलन गर्ने समूहबिच डोल्पामा झडप, २ राउन्ड हवाई फायर
शनिबार, १० जेठ २०८२, १७ : ३५
सारांश
- डोल्पाको ठाला लेकमा यार्सा सङ्कलन गर्ने दुई समूहबीच झडप भएको छ। झडपमा पूर्वी रुकुम र डोल्पाका स्थानीयहरू संलग्न थिए।
- झडप यार्सागुम्बा सङ्कलनको क्रममा सीमा विवादका कारण भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको थियो।
- अहिले अवस्था सामान्य रहेको छ। झडपमा ६, ७ सय जनाको समूह संलग्न रहेको बताइएको छ।
डोल्पा । शनिबार दिउँसो यार्सा सङ्कलन गर्ने समूह बिच डोल्पामा झडप भएको छ । डोल्पाको ठुली भेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका २ समूहबिच झडप भएको हो ।
पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयहरू बिच यार्सागुम्बा सङ्कलनका क्रममा सीमा इलाकाको विषयमा विवाद भएर झडप भएको प्रहरीले जनाएको छ ।
अन्दाजी ६, ७ सय जनाको सङ्ख्यामा रहेकाहरूबिच झडप भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको समेत उनले बताए । अहिले त्यहाँको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण