शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय
फोटोफिचर

साढे चार घण्टापछि बाटो खुल्दा काठमाडौँ भित्रिने  र बाहिरिने गाडीहरूको लर्को (तस्बिरहरु)

शनिबार, १० जेठ २०८२, १७ : ४३
शनिबार, १० जेठ २०८२

काठमाडौँ । नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रुपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०: ३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।

नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।

काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ । 

bus (1)bus (2)bus (3)bus (4)bus (5)bus (6)bus (7)bus (8)bus (9)bus (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप