पहलगाम आक्रमणका ३ संदिग्धको स्केच सार्वजनिक
नयाँ दिल्ली । भारतीय सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन् ।
यिनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको बताइएको छ । यस आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको गुप्तचर स्रोतहरूले बताएका छन् ।
हमलाको जिम्मा लश्कर–ए–तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले लिएको छ । आक्रमणमा आफ्नो कुनै हात नभएको पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भनेका छन् ।
घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) पहलगाम पुगेको छ । मंगलबार दिउँसो पहलगाममा भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको थियो । यसमा अरू २० जनाभन्दा बढी घाइते भएका छन् । बायसरण उपत्यकामा ठुलो संख्यामा पर्यटकहरू उपस्थित भएका वेला यो आक्रमण भएको थियो । मृत्यु हुनेमा उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाका पर्यटकहरू छन् ।
नेपाल र यूएईका पनि एकेक पर्यटक र दुई जना स्थानीयको पनि मृत्यु भएको बताइएको छ ।
सुरक्षा एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन् । एजेन्सीहरूले आक्रमणका प्रत्यक्षदर्शीहरूको सहयोगमा यी स्केचहरू तयार पारेका हुन् । आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा यस आक्रमणमा संलग्न रहेको एजेन्सी स्रोतहरूले उल्लेख गरेका छन् । तर कुन तस्बिर कसको हो भन्ने स्पष्ट छैन ।
यसैबिच सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । यो पहलगाममा आक्रमण गर्ने चार आतंककारीको तस्बिर भएको बताइएको छ । यद्यपि, सेना वा सुरक्षा एजेन्सीहरूले अहिलेसम्म कुनै पनि तस्बिरहरू जारी गरेका छैनन् ।
गुप्तचर एजेन्सीका स्रोतहरूले दुई आतंककारी पाकिस्तानका भएको बताएका छन् । भाइरल तस्बिरमा देखिएका चार आतंककारीमध्ये एक पाकिस्तानी भएको बताइएको छ । उनी प्रतिरोध मोर्चाको एफटी मुसा क्याडरका आतंकवादी भएको समाचारहरूमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण