पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
काठमाडौँ । भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रमणप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दु:ख व्यक्त गरेको छ । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाले अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको निन्दा र भर्त्सना गरेको हो ।
‘केही समयअघि बंगलादेशका चर्चित हिन्दू व्यक्तित्व भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्या भएको थियो। पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय हो । जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा छ,अध्यक्ष राजेन्द्र लिङ्देनद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।’
आतंकवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट बाहिरिएसँगै कार्लोसले दिए घानाको मुख्य प्रशिक्षक पदबाट राजीनामा
-
अघिल्लो सरकारले स्थगित गरेको फुल अडिट स्वर्णिमले किन ब्युँत्याए ?
-
पोखरा–दुबई हवाई उडानलाई दिगो बनाउन व्यवसायी र फ्लाइ दुबईबिच छलफल
-
बागलुङमा ७९ लाखको लागतमा स्वास्थ्यचौकी भवन तयार
-
इरानका दिवंगत सर्वोच्च नेता खामेनीको अन्त्येष्टि : नयाँ उत्तराधिकारी मोज्तबा अनुपस्थित
-
भारी वर्षा र चट्याङको त्रास : इंग्ल्याण्ड र मेक्सिकोको भिडन्त प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण