जसपा नेपालले ‘कोशी नाम खारेजी र पहिचानको आन्दोलनको कार्यदिशा’ विषयक गोष्ठी गर्ने
धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्ने भएको छ । कोशी प्रदेशअन्तर्गतका पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थितिमा पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजकत्वको आन्दोलन परिचालन तथा समन्वय समितिको बैठकले आगामी बैशाख २० गते सुनसरीको धरानमा कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
समितिको बैठकले उक्त गोष्ठीलाई प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य ताजूब लिम्बूको संयोजकत्वमा व्यवस्थापन समिति, केन्द्रीय सदस्य कुन्ता राईको संयोजकत्वमा आर्थिक समिति र केन्द्रीय सदस्य कमन देवान याक्खाको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ ।
सो कार्यक्रममा पार्टीको तर्फबाट आन्दोलनको अवधारणा पत्र प्रस्तुत गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण