पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो, दाहसंस्कार गरिँदै
बुटवल । भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणबाट मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव घरमा ल्याइएको छ।
उनले शव अहिले बुटवल कालिकानगरमा रहेको घरमा राखिएको छ। न्यौपाने दाहसंस्कार नवलपरासी त्रिवेणीमा गरिने पारिवारिक स्रोतले बताएको छ।
शवलाई दिल्लीबाट लखनउसम्म हवाई मार्ग र त्यसपछि लखनउबाट बुटवलसम्म स्थल मार्ग हुँदै एम्बुलेन्समा ल्याउने बुटवल ल्याइएकाे थियो । बिहान भारतीय पक्षले रुपन्देहीको प्रशासन रोहबरमा शवको जिम्मा लगाएको थियो।

न्यौपाने शनिबार आमा, बहिनी र ज्वाइँसहित घुमघामका लागि पहलगाम पुगेका थिए । त्यहाँ भएको आतंकवादी आक्रमणमा उनीसहित २७ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन्।
न्यौपानेका बुवा शिक्षक हुन्। उनी स्थानीय बुटवल–१८ स्थित भवानी माविमा अध्यापन गराउने उनी शिक्षक आन्दोलनका लागि काठमाडौँ गएका थिए। छोराको मृत्युको खबरपछि उनी बुटवल आइसकेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण