शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

जसपा नेपालको सिरहा अधिवेशनमा निर्वाचनबाटै नेतृत्व छानिने

बिहीबार, ११ वैशाख २०८२, १३ : २७
बिहीबार, ११ वैशाख २०८२

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको सिरहा जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । 

बुधबार राति अबेरसम्म सहमतिका लागि प्रयास गरे पनि सफल नभएपछि बिहीबार बिहानदेखि निर्वाचन प्रक्रियामा गएको मतदान अधिकृत शत्रुधन यादवले बताए । जसपा नेपाल सिरहाको अधिवेशन वैशाख ८ गतेदेखि सुरु भएको थियो । 

जसपा नेपाल सिरहाको अध्यक्षका लागि रामचरित्र महतो, अशोक कुमार यादव, राम दयाल यादवलगायतको दाबी छ । त्यस्तै उपाध्यक्षमा सोभित कुमार पासवान, राजेन्द्रप्रसाद साह, योगानन्द यादव, राकेश कुमार गुप्ता, रमेश कुमार यादव, लालबहादुर साह र अशोक कुमार मण्डलले उम्मेदवारी दिएका छन् ।

सचिव पदका लागि बिन्द कुमार मण्डल र हरेराम यादवले उम्मेदवारी दिएका छन् । त्यस्तै कोषाध्यक्ष पदका लागि कृष्णाकुमारी यादव र लक्ष्मी कुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् । उपसचिवमा मनिक लाल यादव, इन्दलकुमार मण्डल, हरिनारायण यादव, दिनेश कुमार महतो, विजय कुमार यादव र प्रभात कुमार सिंहले उम्मेदवारी दिएका छन् । जसपा नेपालको सिरहा अधिवेशनमा २७४ जना मतदाता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप