बाढीले अवरुद्ध गल्फागाड श्रीनगर सडक सञ्चालन
अदानचुली । बाढीले अवरुद्ध बनाएको गल्फागाड श्रीनगर सडक खण्ड सञ्चालनमा आएको छ । यही वैशाख ४ गते परेको अविरल वर्षा सहितको पहिरोका कारण भत्काएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
नियमितरूपमा सञ्चालनमा रहेको उक्त सडक खण्डवर्षाका कारण एक सातादेखि पूर्णरुपमा अवरुद्ध भएको थियो । गाउँपालिकाले जेसिभीमार्फत् निरन्तर मर्मत गरेपछि सञ्चालनमा आएको छ । गाउँपालिकाले चार दिन मर्मत गरेपछि आज बिहानदेखि सडक सुचारु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले बताए ।
कर्णाली करिडोरबाट गाउँपालिकाको केन्द्र जोड्ने एक मात्र विकल्प रहेको उक्त सडक खण्ड अवरुद्ध भएपछि गल्फा गाडलगायतका क्षेत्रमागई सवारी साधनको प्रयोग गर्ने नागरीकलाई केही सहज भएको छ ।
निरन्तर एक हप्तासम्म यातायात ठप्प भएपछि गाउँमा दैनिक उपभोग्यका सामग्रीको अभावभई हाहाकार भएको व्यवसायी नवराज महताराको भनाइ छ । त्यति मात्रनभई पालिकाको ब्यावसासय देखिनिर्माणका सामग्री ढुवानी गर्ने मालबाहक ट्रक एक सातादेखि गल्फागाडमा रोहिएकोमा आजमात्रै गाउँपालिकाको केन्द्रमा आइपुगेका छन् ।
एक सातामात्रै बन्दभएको सडकका कारण पालिकामा बिभिन्न सामग्री अभावचुलिनलागेको बेला सडक खण्डखुल्दा व्यवसायीदेखि उपभोक्ता सबैलाई सहजभएको छ । नेपालगञ्ज सुर्खेत लगायतका शहरी क्षेत्रमा जान करिब दुई घण्टाको पैदलबाटो मार्फत कर्णाली करिडोरमा गएर मात्रै बस चढ्नुपर्ने बाध्यता थियो । उक्त बाध्यता आजबाट हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा परेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन हुँदै
-
‘गालीमा हिरो’ बन्यो सरकार, सुशासनको नाममा आतंक सिर्जना गर्यो : पन्त
-
हान पदाधिकारीलाई प्रधानमन्त्रीले भने– अब चिन्ता अन्त्य हुन्छ
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण