पहलगाम हमला : भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरू समस्यामा, चलचित्र संघको प्रतिबन्ध

मुम्बई । गत अप्रिल २२ मा भारतको कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानलाई जिम्मेवार ठहराउँदै कयौँ निर्णयहरू गरेको छ । यस हमलामा पाकिस्तानी आतंकवादी सामेल रहेको भारतको दाबी छ ।
हमलाको असर भारतमा काम गरिरहेका पाकिस्तानी कलाकारहरूमाथि पनि परेको छ । पाकिस्तानी अभिनेता फवाद खानले आतंकवादी हमलाको विरोध गरेका छन् । उनले पहलगाममा भएको जघन्य हमलाको बारेमा सुनेर आफू दुःखी भएको बताएका छन् । ‘यस भयानक दुर्घटनाका पीडितहरूप्रति समवेदना छ । यस कठिन समयमा उनीहरूका परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गर्न प्रार्थना गर्दछु ।’
उनी अबीर गुललाबाट बलिउडमा कम्ब्याक गर्ने तयारी गरिरहेका थिए । तर, अहिले पाकिस्तानी कलाकारहरूलाई भारतको फिल्म फेडरेसनले प्रतिबन्ध लगाएको छ ।
भारतमा चर्चित बनेकी पाकिस्तानी अभिनेत्री हानिया आमिरले पनि इन्सटाग्राम खातामा एक पोस्ट गर्दै आफू घटनाका पीडितको साथ रहेको बताएकी छन् । उनले पीडाको कुनै भाषा नहुने बताउँदै सबैले मानवतालाई नै चुन्नुपर्ने जिकिर गरेकी छन् ।
फिल्म फेडरेसन (एफडब्लूआईसीई) का प्रमुख सल्लाहकार अशोक पण्डितले बुधबार आधिकारिक रूपमा भारतबाट पाकिस्तानी कलाकारहरूलाई प्रतिबन्ध लगाउने घोषणा गरे । जारी विज्ञप्तिअनुसार भारतीय कलाकारहरूले अब कुनै पनि हिसाबले पाकिस्तानी कलाकार, गायक वा प्राविधिकहरूसँग काम गर्ने छैनन् ।
विज्ञप्तिमा अबीर गुलाल चलचित्र पाकिस्तानी अभिनेता फवाद खानलाई लिएर बनाइएको भए पनि यो निर्णय उनीमाथि पनि लागु हुने स्पष्ट पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
-
लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल
-
सम्बन्धमा मलजल जरुरी
-
सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्दार
-
संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई निर्देशन