भारतद्वारा पाकिस्तानीलाई मेडिकल भिसा पनि बन्द
नयाँ दिल्ली । भारत सरकारले पाकिस्तानी नागरिकहरूको लागि तत्काल प्रभावबाट भिसा सेवाहरू निलम्बन गर्ने निर्णय गरेको छ । पाकिस्तानी नागरिकहरूलाई जारी गरिएका सबै भिसाहरू अप्रिल २७ देखि रद्द मानिने विदेश मन्त्रालयले भनेको थियो ।
यति मात्रै होइन पाकिस्तानी नागरिकहरूलाई जारी गरिएका मेडिकल भिसाहरू अप्रिल २९, २०२५ सम्म मात्र मान्य हुनेछ । हाल भारतमा रहेका पाकिस्तानी नागरिकहरूले अब परिवर्तन गरिएको भिसा सर्तहरू अनुसार आफ्नो भिसाको म्याद सकिनु अघि नै भारत छोड्नुपर्ने बताइएको छ ।
त्यस्तैगरी मन्त्रालयले भारतीय नागरिकहरूलाई पाकिस्तानको यात्रा नगर्न कडा सल्लाह दिएको भने हाल पाकिस्तानमा रहेका भारतीय नागरिकहरूलाई पनि सकेसम्म चाँडो भारत फर्कन सल्लाह दिइएको छ ।
भारतले बुधबार पाकिस्तानसँगको कूटनीतिक सम्बन्धलाई थप कमजोर बनाउँदै निकै कडा कदम चालेको थियो । यसमा भारतबाट पाकिस्तानी सेनाका अधिकारीहरूलाई निष्कासन गर्ने, १९६० को सिन्धु जल सन्धि निलम्बन गर्ने र अटारी सीमा चौकी बन्द गर्ने जस्ता आदेश थिए । पहलगाम आतङ्कवादी हमलामा २६ जनाको मृत्यु भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको क्याबिनेट सुरक्षा समिति (सीसीएस)को बैठकमा यी सबै निर्णयहरू लिइएका हुन् ।
यसैबिच जर्मनी, जापान, पोल्यान्ड, बेलायत र रुस लगायत धेरै देशका राजदूतहरू साउथ ब्लकस्थित विदेश मन्त्रालयको कार्यालयमा पुगेका थिए । स्रोतका अनुसार विदेश मन्त्रालयका अधिकारीहरूले पहलगाम आक्रमणबारे केही चुनिएका देशका राजदूतहरूलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण