युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे चिन्ता नगर्न आग्रह गरेका छन् । सरकारको भविष्यलाई लिएर भइरहेका टिप्पणीबारे पछि नलाग्न पनि प्रधानमन्त्री ओलीको आग्रह छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको स्थायित्व र विकासका लागि काँग्रेससँग मिलेर अघि बढिरहेको दाबी गरे ।
‘यो संयुक्त सरकार सङ्कल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ’ ओलीको भनाइ छ ।
उनले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर नकराएको भन्दै मिसन ८४ मा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौँ, ०७४ को चुनाव भन्यौँ, ७९ को चुनाव भन्यौँ अब ०८४ को चुनाव भनिरहेका छौँ । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्’ प्रधानमन्त्री ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर