युथ सेलिब्रेसनमा ओली : सरकारका बारेमा धेरै चिन्ता नगर्नु, मिसन ८४ मा लाग्नु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे चिन्ता नगर्न आग्रह गरेका छन् । सरकारको भविष्यलाई लिएर भइरहेका टिप्पणीबारे पछि नलाग्न पनि प्रधानमन्त्री ओलीको आग्रह छ ।
लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा पार्टीले आयोजना गरेको युथ सेलिब्रेसनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको स्थायित्व र विकासका लागि काँग्रेससँग मिलेर अघि बढिरहेको दाबी गरे ।
‘यो संयुक्त सरकार सङ्कल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ’ ओलीको भनाइ छ ।
उनले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर नकराएको भन्दै मिसन ८४ मा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौँ, ०७४ को चुनाव भन्यौँ, ७९ को चुनाव भन्यौँ अब ०८४ को चुनाव भनिरहेका छौँ । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस्’ प्रधानमन्त्री ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको साप्सु खोलाका ढुङ्गामा तिखारिँदै छन् मूर्तिकारका सीप
-
औनाही चम्किँदा मोरक्को क्वाटरफाइनलमा
-
औनाहीको व्यक्तिगत दोस्रो गोलसँगै मोरक्को क्यानडाविरुद्ध २-० ले अघि
-
५० औँ मिनेटमा अज्जेदिन औनाहीको गोल, क्यानडाविरुद्ध मोरक्को १-० ले अघि
-
१२ बजे १२ समाचार: नेतृत्व हस्तान्तरणमा अनिच्छादेखि मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’सम्म
-
क्यानडा–मोरक्को भिडन्त: पहिलो हाफमै आधा दर्जन पहेँलो कार्डको वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण