नदीमा डुबेर बेपत्ता व्यक्तिको शव सशस्त्र प्रहरीको गोताखोरले निकाल्यो
शुक्रबार, १२ वैशाख २०८२, ०९ : ५७
काठमाडौँ । वैशाख १० गते बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।
सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव शुक्रबार बिहान सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।
नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजी कार्यको लागि परिचालन भएको सशस्त्र प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवनतर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण