तीनकुने घटनाबारे सुवेदीले गराए अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण
काठमाडौं । वगर्तमान व्यवस्थालाई चुनौती दिँदै संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि क्रियाशील संयुक्त जनआन्दोलन समितिले चैत १५ गते तीनकुने घटनामा सरकार पक्षबाट भएको मानव अधिकार उल्लंघनका विषयमा राष्ट्रिय अन्तर्राष्ट्रिय मानव अधिकार संघसंस्थाको ध्यानाकर्षण गराएको छ ।
संयोजक नवराज सुवेदीको नेतृत्वमा संयुक्त जनआन्दोलन समितिले संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्तको कार्यालय (यूएन ओएचसीएचआर) र राष्ट्रिय मानव अधिकार आयोगलाई शुक्रबार निवेदन दिएको हो । सो अवसरमा सुवेदी नेतृत्वको निर्देशन समिति सदस्य हरीबहादुर बस्नेत साथमा थिए ।
मानव अधिकार उल्लंघन सम्बन्धी विस्तृत जानकारी संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उपलब्ध गरिनेछ । संयोजक सुवेदीले सम्बोधन गर्ने पत्रकार सम्मेलन डिल्ली बजारस्थित भोजन गृहमा शुक्रबार चार बजेलाई तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण