चितुवाको आक्रमणबाट ४ जना घाइते
शुक्रबार, १२ वैशाख २०८२, १६ : ३८

बुटवल । पश्चिम नवलपरासीको प्रतापपुरमा चितुवाको आक्रमण बाट ४ जना घाइते भएका छन् ।
जिल्लाको ग्रामीण भेग वडा नम्बर ६ स्थित गुठीप्रसौनीमा आफ्नै खेतमा काम गरिरहेका वर्ष ३६ का रघुवीर केवट सहित ४ जना चितुवाको आक्रमण बाट घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँ निवासी वर्ष ३० का प्रेम कोइरी,वर्ष २८ का उमालाल कोइरी र सुस्ता गाउँपालिका ५ बस्ने वर्ष २७ का महमद मिया घाइते भएको प्रहरी नायव उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
केवटको ढाड खुट्टा र हातमा चोट लागेको छ भने अन्यको पनि हात र खुट्टामा चोट लागेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरको सेवा ठप्प पार्ने दन्त चिकित्सकको चेतावनी
-
काठमाडौँ – हेटौँडा जोड्ने कुलेखानी–फाखेलको बाटो धमाधम हुँदैछ कालोपत्र (तस्बिरहरू)
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस