एक पुरुष मृत फेला
शुक्रबार, १२ वैशाख २०८२, १६ : ५९
रुपन्देही । बुटवल उपमहानगरपालिका वडा नम्बर १३ झोलुङ्गे पुल नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बुटवल ११, बुद्ध नगर बस्दै आएका अन्दाजी ३८ वर्षीय टेकबहादुर चौधरीको कुलोमा घोप्टो परेको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलमा प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र बहादुर रानाले रातोपाटीलाई बताए ।
प्रहरीका अनुसार बाहिर चोटपटक देखिएको छैन । शवलाई पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण