आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
आईपीएलमा आज

यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब

इतिहासमा कोलकाता, यो सिजन पञ्जाब बलियो
शनिबार, १३ वैशाख २०८२, १० : ३०
शनिबार, १३ वैशाख २०८२

कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा शनिबार कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्सको सामना गर्नेछ। खेल कोलकाताको इडेन गार्डेन स्टेडियममा भारतीय समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ। 

यस सिजनमा कोलकाता र पञ्जाब दोस्रो पटक आमनेसामने हुनेछन्। पछिल्लो खेलमा पञ्जाबले कोलकातालाई १६ रनले पराजित गरेको थियो।

श्रेयस अय्यरको कप्तानीमा पञ्जाबले अहिलेसम्म ५ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ। जबकि, कोलकाताले केवल ३ खेल जितेको छ र ५ खेलमा हार बेहोरेको छ। पञ्जाब पाँचौँ र कोलकाता सातौँ स्थानमा विराजमान छन् ।

  • हेड टु हेड

हेड टु हेडमा कोलकाताले पञ्जाबमाथि प्रभुत्व जमाएको देखिन्छ । दुई टोलीबिच अहिलेसम्म कूल ३४ आईपीएल खेल खेलिएका छन् । कोलकाताले २१ खेलमा जितेको छ भने पञ्जाबले १३ खेलमा मात्र जित हासिल गरेको छ। 

दुवै टोली इडेन गार्डेनमा १३ पटक भिडेका छन्, जसमा कोलकाताले ९ खेल जितेको छ भने पञ्जाबले ४ खेल जितेको छ।

  • दुवै कप्तान फर्ममा

कोलकाताका कप्तान अजिंक्य रहाणेले ८ खेलमा १४६.४८ को स्ट्राइक रेटमा २७१ रन बनाएका छन्। यस अवधिमा उनले ३ अर्धशतक बनाएका छन्। रहाणे टोलीका सर्वाधिक रन बनाउने खेला८ी हुन्। बलिङमा हर्षितले ८ खेलमा २२.५४ को औसतमा ११ विकेट लिएका छन्।

उता पञ्जाबका कप्तान श्रेयस अय्यरले यस सिजनमा अहिलेसम्म ८ खेलमा १८५.२१ को स्ट्राइक रेटमा २६३ रन बनाएका छन्। यसबिच उनले ३ अर्धशतक बनाएका छन्। अय्यर टोलीका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्। दोस्रो स्थानमा प्रियांश आर्य रहेका छन् । प्रियांशले ८ इनिङमा २५४ रन बनाएका छन्।

टोलीका लागि सबैभन्दा धेरै विकेट तीव्र गतिका बलर अर्शदीप सिंहले लिएका छन्। अर्शदीपले ८ खेलमा ११ विकेट लिएका छन्।

  • पिच रिपोर्ट 

इडेन गार्डेन स्टेडियमको पिच ब्याटिङमैत्री छ। यस रंगशालामा हालसम्म ९७ आईपीएल खेलहरू खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीहरूले यहाँ ४१ खेल जितेका छन् भने पछि ब्याटिङ गर्ने टोलीहरूले ५६ खेल जितेका छन्।

यस रंगशालामा सर्वाधिक टोली स्कोर २६२/२ हो, जुन गत वर्ष पञ्जाब किंग्सले कोलकाता विरुद्ध बनाएको थियो।

  • मौसमको अवस्था 

शनिबार कोलकाताको मौसम धेरै गर्मी हुनेछ। यस दिन यहाँको तापक्रम २७ देखि ३७ डिग्रीको बीचमा रहने अनुमान गरिएको छ। खेलको समयमा पानी पर्ने सम्भावना छैन। हावा प्रतिघण्टा १९ किलोमिटरको गतिमा चल्नेछ।

  • सम्भावित-टोली 

कोलकाता नाइट राइडर्स: अजिंक्य रहाणे (कप्तान), रहमानुल्लाह गुरबाज, सुनील नारायण, वेंकटेश अय्यर, रिंकु सिंह, आन्द्रे रसेल, रमनदीप सिंह, मोइन अली, वैभव अरोरा, हर्षित राना, वरुण चक्रवर्ती, अङ्क्रिश रघुवंशी।

पञ्जाब किंग्स: श्रेयस अय्यर (कप्तान), प्रभसिमरन सिंह, प्रियांश आर्य, नेहल वढेरा, मार्कस स्टोइनिस, जोश इंग्लिस, शशांक सिंह, मार्को जानसेन, अर्शदीप सिंह, जेभियर बार्टलेट, युजवेन्द्र चहल, ग्लेन म्याक्सवेल।

ICC CWC League 2, 2023-27 ICC CWC League 2, 2023-27

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप