बुद्धका विचारको महत्त्व संसारभर झन् बढिरहेको छ : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी शान्ति, मानवता, करुणा र मित्रताको उद्गमस्थल भएको बताएका छन् । चाइनिज कल्चर प्रमोसन सोसाइटीको सहयोगमा लुम्बिनी विकास कोष र सारिपुत्त फाउण्डेशनले आज आयोजना गरेको चौथो एसिया बौद्ध सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
उनले विश्वमा शान्तिका लागि सैन्य शक्ति र हतियारहरू चुनौती बनेको बताए । संसारमा अशान्ति मच्चिरहेको बेला बुद्धका विचारहरूको महत्त्व बढ्दै गएको उनले बताए । उनले विश्वभर नै बुद्धका विचार र शिक्षाहरू ग्रहण गर्नेहरू बढिरहेको बताउँदै बुद्धको शिक्षालाई आत्मसात् गर्ने बेला आएको समेत बताए ।
बुद्धले आफ्नो निजी सुखसयल छाडेर मानव कल्याणका लागि दरबार छाडेको बताउँदै ओलीले बुद्धको जीवनबाट मानवजातिले धेरै कुरा सिक्नुपर्ने बताए । बुद्धका शान्तिप्रिय विचार, शान्ति करुणा र मैत्रसय विचारहरूलाई जीवित राख्न ठुलो सङ्घर्ष भएको इतिहास सम्झाउँदै प्रधानमन्त्री ओलीले अब बुद्धको विचार अनुसार विश्व शान्ति कायम गर्न सकिने बताए ।
उनले लुम्बिनीमा आवश्यकताले अन्तर्राष्ट्रिय ध्यान तथा सम्मेलन केन्द्र बनेको बताउँदै उनले यसलाई व्यवस्थित गर्नका लागि आफू सहयोग गर्न तयार रहेको बताए ।
चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवको उद्घाटन कार्यक्रम लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाको अध्यक्षतामा भएका थियो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वदेश फर्किए राजेन्द्र महतो
-
भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन हुनुपर्छ, राजीनामा दिने/नदिने गृहमन्त्रीमा भर पर्छ : शाही
-
लन्डन दूतावासमा ‘नेपाल नाइट’ सम्पन्न (फोटो फिचर )
-
प्रधानमन्त्री ओलीको निर्देशनमा माधव नेपालमाथि मुद्दा चलाइएको हो : शेरबहादुर कुँवर
-
‘आफ्नो भान्जा बैंकको सीईओ भएको बेलामा माधव नेपालले पतञ्जलि योगपीठ जग्गामा चलखेल गर्नुभयो’
-
सहरी विकास मन्त्रालयमा मात्रै ३२ अर्ब जतिको चलखेल छ : वर्षमान पुन