पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक
शनिबार, १३ वैशाख २०८२, १६ : ५५

सेन्ट पिटर्स । क्रिश्चियन क्याथोलिक धार्मिक नेता पोप फ्रान्सिसको अन्त्येष्टि संस्कार शनिबार गरिएको छ।
यसैबिच, युक्रेनी अधिकारीहरूले सेन्टर पिटर्स स्क्वायर भित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको तस्बिर जारी गरेका छन्।
यस तस्बिरमा, उनीहरू दुवै आमनेसामने बसेका छन् र गहिरो अनौपचारिक कुराकानीमा व्यस्त देखिन्छन्। यो तस्बिर जेलेन्स्कीको कार्यालय प्रमुख आन्द्रेई येर्माकले जारी गरेका हुन्।
पोप फ्रान्सिसको शरीरलाई सेन्ट पिटर बासिलिकाबाट हटाएर सेन्ट पिटर स्क्वायरमा राखिएको थियो, जहाँ प्रार्थना सभा आयोजना गरिएको थियो।
पोप फ्रान्सिसको अन्त्येष्टिमा विश्वभरका नेताहरू रोम आइपुगेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा इभि भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला