भारतीय दूतावासमा पहलगाम आक्रमणमा ज्यान गुमाएकाहरूको सम्झनामा श्रद्धाञ्जली सभा
काठमाडौँ । काठमाडौँस्थित भारतीय दूतावासले जम्मु–कश्मीरको पहलगाममा २२ अप्रिल २०२५ मा भएको आतङ्ककारी आक्रमणमा परि ज्यान गुमाएका २६ निर्दोष नागरिकको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । शनिबार दूतावासले सो कार्यक्रमको आयोजना गरेको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको कार्यक्रममा परराष्ट्र मन्त्री डा.आरजु राणाले दूतावाससँगको निरन्तर समन्वयलाई अझ दृढ बनाउने कुरामा जोड दिइन् । उनले भनिन्– ‘हाम्रो साझा प्रतिबद्धता-शान्ति र सहअस्तित्वको मार्ग-यस्ता क्रूरतापूर्ण घटनाले कमजोर पार्न सक्दैन। हामी दुबै देश मिलेर आतङ्कवादलाई रोकेर आम नागरिकको सुरक्षित भविष्य सुनिश्चित गर्नेछौँ।’
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइराला, पूर्व परराष्ट्र मन्त्री एनपी साउद, लोसपाका अध्यक्ष महन्थ ठाकुर, कांग्रेस सांसद राजेन्द्र बजगाईं लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
साथै सुरक्षा र कानूनी मामिलाका वरिष्ठ अधिकारीहरू र अन्य प्रतिष्ठित व्यक्तित्व पनि कार्यक्रममा उपस्थित थिए। सभा समापनमा भारतीय दूतावासले उपस्थित सबैप्रति कृतज्ञता व्यक्त गर्दै आतंकवादविरुद्धको साझा सङ्घर्षमा नेपालसँगको स्थायी साझेदारी जारी रहने विश्वास व्यक्त गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण