राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन
सिरहा । भाटभटेनी लुटपाट काण्डमा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको चरित्र हत्या गरिएको भन्दै नेपाल तरुण दल सिरहाले शनिबार गोलबजारमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला जलाएका छन् । तरुण दलका नेता तथा कार्यकर्ताहरूले गोलपार्कमा एक घण्टासम्म पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै चक्काजाम पनि गरेका थिए ।
उनीहरूले ‘महेन्द्र यादवको बदनामी बन्द गर’ लगायतका नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल सिरहाका जिल्ला सभापति अर्बिन्द मण्डलका अनुसार नेता यादवलाई अनाहकमा भाटभटेनी लुटपाट काण्डमा जोडेर अपमानित गरिएको विरोधमा कार्यक्रम आयोजना गरिएको हो ।
यता, सहमहामन्त्री यादवले आफूलाई जोडिएको आरोप खारेज गर्दै आफ्ना दुई छोराहरू विकास यादव र आकाश यादव दुवै जना चिकित्सक भई विदेशमा रहेको प्रष्ट पारेका छन् । उनले मुकेश यादव नामका कुनै पनि छोरा नरहेको बताउँदै केही मिडियामा आएको भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएका छन् ।
यसैगरी, आज बिहान धनुषाको जनकपुरमा पनि नेपाली कांग्रेस निकट नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन तथा चक्काजाम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण