प्रभसिमरन र प्रियांशको विस्फोटक ब्याटिङ, म्याक्सवेल फेरि फ्लप
कोलकाता । इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औँ खेलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्ससामु जितका लागि २ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय १ रन बनाएको हो ।
टोलीलाई ओपनरद्वय प्रियांश आर्या र प्रभसिमरन सिंहले शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । उनीहरूले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरे ।
सिंहले टोलीका लागि सर्वाधिक ८३ रनको योगदान दिए । उनले मात्र ४९ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । उता, आर्याले पनि ३५ बलमा ६९ रनको शानदार इनिङ्स खेले । उनले ८ चौका र ४ छक्का हिर्काए ।
कप्तान श्रेयस ऐयरले नटआउट रहँदै १६ बलमा २५ रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । जोस इंग्लिस ११ बनाउँदै नटआउट रहे । उनले २ चौका प्रहार गरे ।
ग्लेन म्यासवेलले भने पुनः एकपटक असफल साबित भए । उनी ८ बलमा ७ रन बनाउँदै पभेलियन फर्किएका थिए । उनले यो सिजन आईपीएलमा एकपटक मात्र दोहोरो अंकमा रन बनाउन सकेका छन् । मार्को यानसेनले पनि ७ बलमा ३ रन मात्र बनाउन सके ।
कोलकाताका लागि वैभव अरोराले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए । वरुण चक्रवर्ती र आन्द्रे रसलले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण