सीसी क्यामराले खोलिदियो पतिको अफेयरको पोल

बेइजिङ । चीनमा एउटा अनौठो घटना घटेको छ । एउटा परिवारले हिडन (गोप्य) क्यामरा लगाएको थियो । तर मामिला अदालतसम्मै पुग्यो ।
चीनको ठाउँ नखुलाइएको एक महिलाले आफू र आफ्ना सन्तानका सुरक्षाका लागि घरभित्र एउटा हिडन क्यामरा जडान गरेकी थिइन् । घरमा हुन सक्ने चोरी र बालबच्चाका साथमा कुनै दुर्घटना रेकर्ड गर्न सकियोस् भनेर महिलाले सो क्यामरा लगाएकी थिइन् । तर केही दिनपछि महिलाले क्यामराको फुटेज चेक गरिन् । फुटेजमा जे थियो, त्यो देखेर उनी हैरान भइन् ।
यो फुटेजमा महिलाको पति र उनीहरू बसिरहेको फ्ल्याटको मालिक्नी एकै ठाउँमा थिए । फुटेज हेर्दा ती दुईबिच अफेयर चलिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि महिलाले फुटेज सामाजिक सञ्जालमा पोस्ट गरिदिइन् । त्यसपछि उनको पति र स्थानीय प्रशासनले महिलालाई क्यामरा हटाउन भने ।
तर महिलाले मानिनन् । यो मामिला अदालतसम्मै पुग्यो । अदालतले गोपनीयतालाई विचार गरेर महिलाले क्यामरा हटाउनु पर्ने फैसला सुनायो । यो मामिला इन्टरनेटमा भाइरल भइरहेको छ । तर कतिपयले रेकर्डिङ सामाजिक सञ्जालमा पोस्ट गरेकोमा महिलाको आलोचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा पेस्तोलसहित दुई युवा पक्राउ
-
रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् छलफलका एजेन्डा ?
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल