सीसी क्यामराले खोलिदियो पतिको अफेयरको पोल
बेइजिङ । चीनमा एउटा अनौठो घटना घटेको छ । एउटा परिवारले हिडन (गोप्य) क्यामरा लगाएको थियो । तर मामिला अदालतसम्मै पुग्यो ।
चीनको ठाउँ नखुलाइएको एक महिलाले आफू र आफ्ना सन्तानका सुरक्षाका लागि घरभित्र एउटा हिडन क्यामरा जडान गरेकी थिइन् । घरमा हुन सक्ने चोरी र बालबच्चाका साथमा कुनै दुर्घटना रेकर्ड गर्न सकियोस् भनेर महिलाले सो क्यामरा लगाएकी थिइन् । तर केही दिनपछि महिलाले क्यामराको फुटेज चेक गरिन् । फुटेजमा जे थियो, त्यो देखेर उनी हैरान भइन् ।
यो फुटेजमा महिलाको पति र उनीहरू बसिरहेको फ्ल्याटको मालिक्नी एकै ठाउँमा थिए । फुटेज हेर्दा ती दुईबिच अफेयर चलिरहेको स्पष्टै देखिन्थ्यो । त्यसपछि महिलाले फुटेज सामाजिक सञ्जालमा पोस्ट गरिदिइन् । त्यसपछि उनको पति र स्थानीय प्रशासनले महिलालाई क्यामरा हटाउन भने ।
तर महिलाले मानिनन् । यो मामिला अदालतसम्मै पुग्यो । अदालतले गोपनीयतालाई विचार गरेर महिलाले क्यामरा हटाउनु पर्ने फैसला सुनायो । यो मामिला इन्टरनेटमा भाइरल भइरहेको छ । तर कतिपयले रेकर्डिङ सामाजिक सञ्जालमा पोस्ट गरेकोमा महिलाको आलोचना पनि गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ हर्मुजमा अब थप नाकाबन्दी नहुने ट्रम्पको दाबी
-
बजेटमा सांसद असन्तुष्ट, लुम्बिनी प्रदेश सभा बैठक सर्यो
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण