नेकपा एकीकृत समाजवादी बुटवल अध्यक्षमा गुरुङ
आइतबार, १४ वैशाख २०८२, ११ : ०३

बुटवल । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिकाको अध्यक्षमा चीनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
पालिका अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीम बहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ (ईश्वर) र शिवकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचितहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शुभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरेका छन् ।
उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत