जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी र राष्ट्रवादीलाई महामन्त्री राणाको आह्वान
काठमाडौँ । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा.धवलशम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको दुष्प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्न सोमबार जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादीलाई आह्वान गरेका छन् ।
‘भारतमा स्वास्थ्य परीक्षणपश्चात् आजै बेलुकी स्वदेश फर्कँदैछु, भोलि प्रदर्शनी मार्गमा भेटौँ । म पनि त्यहीँ हुनेछु,’ नेता राणाले आइतबार एक सन्देशमा भने ।
‘वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा आस्थाका बन्दीहरूको तत्काल रिहाइ र विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन पाइँदैन भन्दै काठमाडौँको प्रदर्शनी मार्गमा हुने जनप्रदर्शनमा सहभागी हुन सम्पूर्ण हिन्दुवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्रप्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु,’ राणाले भने ।
‘देशले अहिले परिवर्तन खोजेको छ, जनता स्थिरता र समृद्धिको पक्षमा छन् । देश र जनतालाई केन्द्रमा राखेर एक पटक सम्पूर्ण जनता जुरुक्क उठ्नुपर्ने बेला आएको छ । समान विचार बोक्नेहरूबिच अहिले एकताको आवश्यकता छ । सबै मिलौँ, जुटौँ,’ उनले भने ।
राणाले भने, ‘देश बचाउने र बनाउने महान् अभियानमा हातेमालो गर्दै कम्मर कसेर लागौँ । असम्भव केही छैन । मात्र इच्छाशक्ति, उच्च मनोबल, आपसी एकता र स्पष्ट मार्गचित्र आवश्यक छ ।’
‘राजसंस्था र हिन्दुराष्ट्रको निमित्त समान विचार बोक्ने दल, सङ्घसंस्था, अभियान, समूहद्वारा आयोजना हुने कार्यक्रमहरूमा साथ सहयोग रहने हाम्रो पार्टी राप्रपा र संयुक्त जनआन्दोलन समितिले पहिले नै निर्णय गरिसकेको अवस्थामा यो कार्यक्रममा सक्रिय सहभागिताको निमित्त हार्दिक अपिल गर्दछु,’ नेता राणाले सन्देशमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण