सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
आइतबार, १४ वैशाख २०८२, १२ : ४६
काठमाडौँ । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् । आइतबार बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका–६ बाट पक्राउ गरेको हो ।
भारतीय नम्बरको मोटरसाइकलमा उनी स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भातरबाट नेपालतर्फ आएका हुन् । उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण