सबै राजावादीहरू एउटै मञ्चमा
काठमाडौँ । राप्रपा नेपालको आयोजनामा सोमबार भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम रत्नपार्कको शान्तीबाटिकामा हुँदैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाले आइतबार बेलुकी प्रेस नोट जारी गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको जानकारी दिएका थिए ।
चैत्र १५ गते तिनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ र राजसंस्था र धर्मनिरपेक्षताको विरोधमा बन्देज बनाउने कानुन निर्माण हुन लागेकोमा त्यो तत्काल रोकिनु पर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार काठमाडौँको प्रदर्शनीमार्गमा हुन लागेको जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको समेत उनले जानकारी दिएका छन् ।
‘पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान बिचार भएका दल, समूह, अभियान , संघ–संस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरेका छौ, सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ,’ उनले भने ।
‘पार्टी अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गर्नुभएको छ ,राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग अध्यक्षज्यूको कुरा भएको छ, आउने बचन दिनुभएको अध्यक्षज्यूबाट जानकारी भएको छ बर्तौलाले थपे,राष्ट्र बचाउ अभियान, नेपाली काङ्ग्रेस (बीपि), शिव सेना नेपाल लगायत विभिन्न संघ, संस्थाहरूसँग पनि समन्वय भएको र निमन्त्रणा गरिएको छ ।’
उनले पार्टीको सम्पूर्ण संयन्त्र परिचालन भएको, तल्लो तहसम्म क्रियाशील भएको र भातृ संगठनहरू चलायमान भएको बताए । अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भातृ संगठन समन्वय विभागले टिम निर्माण गरिसकेको पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजधानीको कीर्तिपुरमा गाडीमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण