बाटो निर्माणमा ७ लाख ७९ हजार हिनामिना, वडाअध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
ककाठमाडौँ । सर्लाहीको धनकौल गाउँपालिकाका वडा नम्बर ६ स्थित कृषि बाटो निर्माणमा ७ लाख ७९ हजार २०५ रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाअध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले श्याम बाबु साहसहित धनकौल गाउँपालिकाका प्रशासकीय अधिकृत कृष्ण मोहन प्रसाद साह, इन्जिनियर उपेन्द्र प्रसाद साह, सहायक पाचौ मोहम्मद रफिक, सब–इन्जिनियर शशिरन्जन कुमार सिंह, लेखापाल अभय कुमार साह र उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह र कोषाध्यक्ष सुरतीया कुमारीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
उनीहरुले आर्थिक वर्ष २०८०/०८१ को प्राविधिक इष्टिमेट बमोजिम काम नगरी मिलेमतोमा कामभन्दा बढी खर्च देखाइ भ्रष्टाचार गरेको आरोप अख्तियारको छ ।
जनही ७ लाख ७९ हजार रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले तीन महिनादेखि तीन वर्षसम्म कैद सजायको माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण